Know More

About Us.


Consectetur adipiscing elit elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.​ Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.

पृथ्वीमा मानव समाजको कल्याण गर्न अनेक नाममा विभिन्न संगठनहरु छन् । सबैको एउटै लक्ष्य छ, एउटै उद्देश्य छ सुखसँग बाँच्ने र बचाउने। तर सम्पूर्ण प्राणीहरु मध्ये आफूले आफुलाई सर्वोत्कृष्ट प्राणी भनेर घोषणा गर्ने मानव जाति नै पूर्ण रुपमा प्रकृति विरोधी क्रियाकलापमा व्यस्त छ। पटक पटक धर्तीलाई नै विनासतिर लाने विभिन्न क्रियाकलापहरु यो भन्दा अगाडि पनि भएका थिए र अहिले पनि भइरहेका छन् र भोलिका दिनमा पनि नराम्रा क्रियाकलापहरु धेरै गर्न कसरी सकिन्छ भनेर तुलनात्मक रुपमा सोच्ने क्रम बढ्दो छ। यस्तो परिस्थितिमा धर्म, क्षेत्र, जात र वर्गको नाममा गुजारा गर्ने तत्वहरुले क्रमश आफ्ना कर्तुतहरु बेलाबेलामा देखाइरहेका छन् र देखाइरहनेछन् । त्यसैले जे जस्तो भएपनि समयसमयमा विकृतिहरु न्यूनिकरण गर्नको लागि विभिन्न अभियानहरु चल्ने गरेका छन् र चलिरहने छन्। तसर्थ, विभिन्न गुठबन्धिका आधारमा मानव समाजलाई टुक्रयाई मानवअधिकारको दुरुपयोग गरिरहने तत्वलाई निरुत्साहित गर्नको लागि संगतसंस्कृति नामक साझा संस्कृतिको स्थापना गरिएको छ । जुन संस्कृतिले मानव समाजको वास्तविक आवश्यकतालाई ध्यानमा राखी संसारमै एउटा नमुना समाजको निर्माण गर्न पहल गर्नेछ । जसले छरिएर रहेका मानव जातिलाई एउटै छातामुनि समेट्दै समय, काल र परिस्थितिलाई सुक्ष्म विश्लेषण गर्दै यो समाजले युगौयुगसम्म मानव जातिको कल्याण गर्नेछ भन्ने विश्वास राख्दै सम्पूर्ण स्त्री तथा पुरुष महानुभावहरुलाई जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको अवगत गराउदछु ।

आश्रमको वार्षिक गतिविधि

  • नयाँ वर्ष (वैशाख १ गते)
  • वार्षिक उत्सव प्रत्येक वर्षको मार्ग कृष्ण पक्ष की चतुर्थी तिथि मा गरिने।
  • साधारण सभा नागपञ्चमीको भोलि पल्ट।
  • प्रत्येक शनिवार आ-आफ्नो ठाँउमा सत्संग गर्ने गराउने । साथै आश्रममा कार्यसमिति अनिवार्य रूपमा उपस्थित मै सत्सङ्ग गर्ने।

संगत जीवन

  • ४:०० देखी ६:०० बजे सम्म ध्यानयोग र हठयोग
  • ६:०० देखी ७:०० बजे सम्म संगत खाजा
  • ७:०० देखी १२:०० बजे सम्म कर्मयोग र ज्ञानयोग
  • १२:०० देखी १३:०० बजे सम्म संगत भोजन
  • १३:०० देखी १९:०० बजे सम्म कर्मयोग र ज्ञानयोग
  • १९:०० देखी २०:०० बजे सम्म संगत खाजा (अन्न बाहेक)
  • २०:०० देखी २१:०० बजे सम्म भक्तीयोग
  • २१:०० देखी २२:०० बजे सम्म ध्यानयोग
  • २२:०० देखी ०४:०० बजे सम्म निन्द्रा

आश्रमको योजना

१) सबै सदस्य हरुले आफ्नो जन्मदिन आश्रम भएको क्षेत्रमा आश्रममा नै मनाउने आश्रम न भएको क्षेत्रमा भने आफ्नो क्षेत्रको कुनै मन्दिर, गुम्बा वा वैदिक विधि अनुसार मामा मनाउने ।

२) सबै सदस्य तथा सम्पूर्ण सामाजिक कार्य में जन्म देखि मृत्यु सम्मको सांस्कृतिक, विषयहरु आश्रम सोग सम्पर्क राखि धार्मिक, कर्मकाण्ड लागू गर्ने, उक्त कार्यहरु आश्रम नै आवश्यक सल्लाह गरेर मात्र परे व्यवस्थापन गर्दै जाने छ ।

३) प्रत्येक व्यक्तिहरूको जन्म मिति आधारमा आश्रमद्वारा चिना बनाउँदै अभिलेख राखि ईमेल मार्फत उपलब्ध गराउनुको साथै विभिन्न दशा, अन्तर्दशा, प्रत्यन्तर दशाको जानकारी गराउँदै त्यसको निराकरणार्थ आश्रम द्वारा नियमित उपचारको लागि आयूर्वेदिक, वैदिक र वनस्पतिजन्य शान्ति के उपाय आवश्यकता भएमा उपलब्ध गराउने ।

४) सबै सदस्यहरूको व्यक्तिगत जीवन आदिको विवरण र लागत राख्ने व्यवस्था गरिने छ ।

५) संगतसंस्कृतिका सम्पूर्ण सदस्यको विवरणहरूलाई वेवसाईट मार्फत ‘व्यवस्थित गर्ने र आफ्नै ईमेल। सञ्चालन गर्न पहल गरिने छ ।

yoga, yoga pose, pose

Our Food Policy

Phasellus hendrerit. Pellentesque aliquet nibh nec urna. In nisi neque, aliquet vel, dapibus id, mattis vel, nisi. Sed pretium, ligula sollicitudin laoreet viverra, tortor libero sodales leo, eget blandit nunc tortor eu nibh. Nullam mollis. Ut justo. Suspendisse potenti.

Our Core Value

Phasellus hendrerit. Pellentesque aliquet nibh nec urna. In nisi neque, aliquet vel, dapibus id, mattis vel, nisi. Sed pretium, ligula sollicitudin laoreet viverra, tortor libero sodales leo, eget blandit nunc tortor eu nibh. Nullam mollis. Ut justo. Suspendisse potenti.

जयसंगत

संगतआश्रम

ई मेल : [email protected]
लामाटार वडा नम्बर ९
माहालक्ष्मी ४४७०९
ललितपुर, नेपाल

 ”अरूलाई असर नपुयाईकन आवश्यकता पुरा गर्ने कर्म नै सत्कर्म हो।”